मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हमासले रिहा गर्‍यो थप तीन बन्धक

हमासले रिहा गर्‍यो थप तीन बन्धक

न्यूजस्टोरी

काठमाडौं । हमासले थप तीन बन्धकलाई रिहा गरेको छ ।

शनिबार दिउँसाे तीन इजरायलीलाई हमासले रिहा गरेको बीबीसीले जनाएको छ । रिहा हुनेमा ३४ वर्षीय यार्डन बिबास, ५३ वर्षीय फ्रान्सेली-इजरायली नागरिक ओफर काल्डेरोन र ६५ वर्षीय अमेरिकी-इजरायली नागरिक किथ सिगेल छन् ।

रिमाइन्डरको रूपमा तीन बन्धकहरूलाई १८० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको सट्टामा रिहा गरिएको छ । आज रिहा हुने बन्धकसहित हमासले रिहा गरेको बन्धकको सङ्ख्या १८ जना पुगेको छ । यसअघि युद्धविराम भएको दिन माघ ६ गते हमासले तीन बन्धक छाडेको थियो ।

त्यसको एक सातापछि चार जनालाई बन्धकमुक्त गरेको थियो । बिहीबार ८ बन्धक छाडेको थियो । ४२ दिनको युद्धविराममा ३३ जना बन्धकमुक्त हुनेछन् भने २ हजार भन्दा बढी प्यालेस्टिनीहरू कैदमुक्त हुनेछन् ।