मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस साता ३.४२ अंकले बढ्यो नेप्से

यस साता ३.४२ अंकले बढ्यो नेप्से

न्यूजस्टोरी

काठमाडौं । यस साता नेप्से परिसूचक ०.१३ प्रतिशत अर्थात् ३.४२ अंकले बढेर २६५७.७७ विन्दुमा पुगेको छ। यस हप्ता सेयर तिन दिन खुलेका थियो । गत साता २६५४.३५ बिन्दुमा भएको बजार यो साता ०.१३ प्रतिशत अर्थात् ३.४२ अंक बढेर २६५७.७७ विन्दुमा पुगेको छ।

साताको पहिलो दिन आइतबार नेप्से १०.४१ अंकले घट्यो , सोमबार १०.६१ अंकले घट्यो र मंगलबार २४.५० अकंले बढ्यो । यस साता पाँच कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से बढेको हो भने एक कारोबार दिन नेप्से घटेको थियो । गत साता अन्तिम दिन ७ अर्ब ८५ करोडको कारोबार भएकोमा यो साता आइतबार ९ अर्ब १२ करोड, सोमबार ८ अर्ब ९२ करोड र मंगलबार ९ अर्ब ४० करोडको भयो ।

यस साता नेप्सेमा २८ लाख ७६ हजार ३०३.०३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता रु रु जलविद्युत परियोजना र नेशनल लघुवित्त वित्तीय संस्थाको बोनस शेयर र माहुली लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत भएको हो। यस साता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक २९.८५ प्रतिशत बढेको छ। यो साता डेभलपमेन्ट बैंक सेक्टरका लगानीकर्ताले सबैभन्दा धेरै ५.४ प्रतिशत कमाए । गत साता पनि डेभलपमेन्ट बैंक सेक्टर ३.३८ प्रतिशत बढेको थियो । डेभलपमेन्ट बैंकमा पनि ‘लोक्याप’ कम्पनीको मूल्य उच्च दरमा बढेको छ ।

साताको पहिलो कारोबार दिन नेप्से १०.४१ अंकले घटेर २६४३.९३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको १ करोड ५७ लाख २० हजार ३६७ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार रुपैयाँको कारोबार भएको थियो । साताको दोस्रो कारोबार दिन नेप्से १०.६१ अंकले घटेर २६३३.३२ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१२ कम्पनीको १ करोड ७२ लाख ५३ जार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन नेप्से २४.५० अकंले बढेर २६५७.७७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२५ कम्पनी १ करोड ९६ लाख ८० हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको थियो ।