मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सभामुखलाई भेटेर रवि लामिछानेले बुझाए निलम्बन फुकुवाको निवेदन

सभामुखलाई भेटेर रवि लामिछानेले बुझाए निलम्बन फुकुवाको निवेदन

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबार पुगेका छन् । घिमिरेलाई भेट्न शुक्रबार लामिछाने सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा गएका हुन् । संसद सचिवालय पुगेका लामिछानेले समाभुख घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका हुन् ।

उनले निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गरेको सभापति लामिछानेको सचिवालयले जनाएको छ । उनले सभामुखसमक्ष बुझाएको निवेदनमा अदालतले आफूलाई थुनामुक्त गरेको उल्लेख गरेका छन् । सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ८ गते संसद सचिवालयले निलम्बन गरेको थियो ।

राजनीतिक प्रतिशोध राखेर सांसद पद निलम्बन गरेको भन्दै रास्वपाले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विरोध जनाउने यसअघि नै निर्णय गरिसकेको छ । आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । बैठकको मुखमा लामिछानेले सभामुखलाई भेटेका हुन् । सहकारी ठगी प्रकरणमा कास्की अदालतमा मुद्दा दायर भएपछि ०८१ पुस ८ मा लामिछाने सांसद पदबाट निलम्बित भएका हुन् ।