मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल तान्जानियासँग पराजित

नेपाल तान्जानियासँग पराजित

न्यूजस्टोरी

काठमाडौं, २९ कात्तिक। चार देशीय महिला टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ ।

नेपाललाई तान्जानियाले २७ रनले हराउँदै विजयी शुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको तान्जानियाले नेपाललाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको थियो । तर नेपाल १६ ओभर ५ बलमा ८८ रनमा अलआउट भयो ।

नेपालका सीता रानामगरले सर्वाधिक ४३ रन जोडिन । त्यस्तै कप्तान इन्दू बर्माले १५ रन बनाउनुबाहेक अरु खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । तान्जानियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । बलिङतर्फ नेपालका संगिता राईले दुई तथा पुजा महतो, रुविना क्षेत्री र इन्दु बर्माले समान एकरएक विकेट लिए । नेपालले पहिलो पटक तान्जानियासँग खेलेको हो । महिला टी–२० को विश्व वरियतामा तान्जानिया १९ औँ र नेपाल २१ औँ स्थानमा छन् । हङकङले आयोजना गरेको शृङ्खलामा घरेलु टोलीसँगै नेपाल, जापान र तान्जानिया छन् ।