मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्री ओलीसहित शिर्ष नेताले सम्बोधन गर्ने

संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्री ओलीसहित शिर्ष नेताले सम्बोधन गर्ने

न्यूजस्टोरी

काठमाडौं, १८ माघ । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरू हुदैँछ । संघीय संसदको दुवै सदनको बैठक माघ १८ गते शुक्रबार अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्दैछ ।

सङ्घीय संसद् सचिवालयले दुवै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयका अनुसार आज बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
आजको बैठकमा गत पुस २६ गते बसेको मन्त्रीपरिषदको बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका अध्यादेश प्रस्तुत हुनेछ भने सरकारले जारी गरेको अध्यादेशहरू सदनका दुवै बैठकमा प्रस्तुत हुनेछन् ।
अधिवशेन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओलीलगायत यसअघि जस्तै दलीय आधारमा शिर्ष नेताहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूचि रहेको छ ।