मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेको छुनछेक बहस आज पनि, आजै आदेश आउन सक्ने

रवि लामिछानेको छुनछेक बहस आज पनि, आजै आदेश आउन सक्ने

न्यूजस्टोरी

भैरहवा, १३ माघ । पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथिको छुनछेक बहस आज पनि जारी रहने भएको छ । बिहीबार देखि रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको सुरू भएको थुनछेक बहस आज सकाउने तयारी रहेको छ ।

सरकारी वकिलको तर्फबाट बहस सकिएको छ, लामिछानेको तर्फबाट केही वकिलको बहस भने बाँकी रहेकाले आईतबार पनि उनी अदालतमा उपस्थित भएपछि बहस सुरू गरिन लागिएको छ ।
सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने बुधबार पहिलो पटक रूपेन्देही अदालतमा उपस्थित भएका थिए, सो दिन पछि हाजिरी जमानिमा रिहा भईरहेका छन् ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहिबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडिदै आएको छ ।

सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाइ भने पुरक उजुरीमा राखिएको हो ।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथी उजुरी गरिएको हो ।

उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन । बुटवलपछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन ।