मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरीबाट ५ किशोरी वेपत्ता

महोत्तरीबाट ५ किशोरी वेपत्ता

न्यूजस्टोरी

काठमाडौ, २२ कार्तिक । महोत्तरीबाट पाँचजना किशोरी वेपत्ता भएका छन् । महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा सम्पर्कविहीन भएका हुन् ।गत मंगलबार दिउँसो साढे ११ बजेदेखि उनीहरु एकैसाथ घरबाट निस्केको तर फर्केर नआएको जानकारी आएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो ।

‘उनीहरु घरबाट निस्केका हुन् । कतै कुनै कामका लागि गएको हुनसक्ने हाम्रो अनुमान छ । एकजनाले हिजो आमालाई फोन गरेर चिन्ता नलिनु हामी सुरक्षित छौं भनेकी थिइन् । त्यसपछि फेरि मोबाइल स्वीच अफ छ’, एसपी मल्लले भन्नुभयो , ‘खोजतलास गर्दैछौं ।’पाँचै जना किशोरी योजना बनाएरै निस्केको हुनसक्ने प्रहरीको अनुमान छ । तर उनीहरु कुन लोकेसनमा छन् भन्ने थाहा हुन नसकेको र खोजी जारी रहेको प्रहरीको भनाइ छ ।