मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यू–१९ विश्वकप प्लेअफ : मलेसियाविरुद्ध फिल्डिङमा नेपाल

यू–१९ विश्वकप प्लेअफ : मलेसियाविरुद्ध फिल्डिङमा नेपाल

न्यूजस्टोरी

काठमाडौ‌ । आइसिसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेटअन्तर्गत प्लेअफको खेलमा मलेसियाविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको छ । यी दुई टिमबीचको खेल मलेसियास्थित जोहर क्रिकेट एकेडेमीमा भइरहेको हो ।

समूह चरणबाट बाहिरिसकेको नेपाल १३ औँदेखि १६औँ स्थानसम्मको प्लेअफका लागि मलेसियासँग खेलिरहेको हो । विश्वकपको सुपर सिक्सको समूह ‘१’ मा भारत, अस्ट्रेलिया, श्रीलंका, बंगलादेश, स्कटल्याण्ड र वेस्ट इण्डिज रहेका छन् । यस्तै, समूह ‘२’ मा दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड, अमेरिका, नाइजेरिया, आयरल्याण्ड र न्यूजिल्याण्ड रहेका छन् ।

समूह चरणमा नेपालले तीनवटै खेलमा हार बेहोरेको थियो । नेपालले समूह चरणमा बंगलादेशसँग ५ विकेट, स्कटल्याण्डविरुद्ध एक विकेट तथा अस्ट्रेलियासँग ८३ रनको हार बेहोरेको हो । मलेसियामा १८ जनवरीदेखि सुरु भएको यस विश्वकपमा १६ देशले भाग लिएका छन् ।

नेपालको प्लेइङ–११ : कृष्मा गुरुङ, कुसुम गोदार, साना प्रविन, सावित्रा धामी, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो (कप्तान), ज्योत्सिका मरासिनी, सिमाना केसी, रचना चौधरी र स्नेहा महरा ।