मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गणतन्त्र दिवसमा प्रमुख अतिथि बन्न भारत आइपुगे इन्डोनेसियाका राष्ट्रपति

गणतन्त्र दिवसमा प्रमुख अतिथि बन्न भारत आइपुगे इन्डोनेसियाका राष्ट्रपति

न्यूजस्टोरी

काठमाडौं । इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्टो बिहीबार राति दिल्ली आइपुगेका छन्। उनी भारतको ७६औँ गणतन्त्र दिवस समारोहको प्रमुख अतिथिका रूपमा दिल्ली आएका हुन्।

भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दिल्ली पुगेपछि प्रबोवो सुबियान्टोलाई विमानस्थलमा विदेश राज्यमन्त्रीले स्वागत गरिएको बताए।

उनले भने, “यो भ्रमणले भारत र इन्डोनेसियाबीचको व्यापक रणनीतिक साझेदारीलाई अझ बलियो बनाउनेछ।”