मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी आइतबार नेपाल आउँदै

भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी आइतबार नेपाल आउँदै

न्यूजस्टोरी

काठमाडौं । भारतीय विदेश मन्त्रालयका एडिसनल सेक्रेटरी एवं नर्थ डेस्कका प्रमुख मनु महवर नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल–भारत परियोजना समितिको बैठकमा सहभागी हुन महवर आगामी आइतबार नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले भारतीय विदेश मन्त्रालयका एडिसनल सेक्रेटरी महवर नेपाल आउने कार्यक्रम रहेको लोकान्तरलाई जानकारी दिए । तीन दिने भ्रमणका लागि माघ १३ गते नेपाल आउन लागेका महवर भारतीय सहयोगमा बनिरहेका आयोजना सम्बन्धी बैठकमा सहभागी हुने स्रोतले बतायो ।

महवर जनवरी ९ मा नयाँ दिल्लीस्थित भारतीय दूतावासमा राजदूत शंकर शर्माले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । वरिष्ठ कुटनीतिज्ञ महवर यसअघि माल्दिभ्सका लागि भारतको राजदूत थिए ।