मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘रेड नोटिस’ जारी भएका व्यक्ति ओमानबाट पक्राउ

‘रेड नोटिस’ जारी भएका व्यक्ति ओमानबाट पक्राउ

न्यूजस्टोरी

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको बढैयाता गाउँपालिका–२ स्थायी घर भई काठमाडौंको टोखा नगरपालिका–३ बस्ने बिनोद पौडेल रहेका छन् ।

एनसीबी अबु मस्कट ओमानको समन्वयनमा उनलाई पक्राउ गरेर बुधबार नेपाल ल्याइएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ । उनीविरुद्ध गत १२ पुसमा पक्राउ पुर्जी जारी भएको थियो । नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका अनुसार मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीलाई पक्राउ परेका व्यक्तिको जिम्मा लगाइएको छ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस १२ गते रेड नोटिस जारी भएको थियो । उनलाई कानुनी कारबाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्युरोलाई बुझाइएको प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखाले जानकारी दिएको छ ।