मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यूजस्टोरी

मोरङ । नालामा टाउको डुबेको अवस्थामा मोरङमा एक जनाको शव फेला परेको छ । मोरङको सुनवर्षी नगरपालिकाको काशीजान टोलमा एक ब्यक्तिको शव नालीमा डुबेको अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोही नगरपालिका- ४ का करिब ५५ वर्षीय कार्तिकलाल सुतिहारको टाउको नालीमा रहेको पानीभित्र डुबेको अवस्थामा फेला परेको हो ।
मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक बेदप्रकाश जोशीले बुधबार विहान करिब साढे ८ बजे शवबारे प्रहरीले जानकारी पाएको हो । उनका अनुसार सडकको नालीमा टाउको डुबेको अवस्थामा शव फेला परेको हो ।

त्यसैगरी, शव नजिक साइकलसमेत बरामद भएको उनले बताए । घटनाबारे प्रहरी अनुसन्धानमा जुटेको जनाउँदै उनले मंगलबार राती घर फर्कने क्रममा घटना भएको हुनसक्ने अनुमान गरिएको बताए । नालामा करिब ३ फिट पानी जमेको हुदाँ राती लडेर ब्यक्ति डुबेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

हाल प्रहरीको टोलीले कानुनी प्रक्रिया पूरा शवलाई घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएको छ ।