मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीप लामिछानेलाई क्यानले गर्‍यो कारबाही

सन्दीप लामिछानेलाई क्यानले गर्‍यो कारबाही

न्यूजस्टोरी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछाने अनुशासनको कारवाहीमा परेका छन्।

क्यानको आचारसंहिताविरूद्ध फेसबुकलगायत सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई तीन डिमेरिट अंक दिने निर्णय गरेको हो।

गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला उनले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका थिए। सोही विषयमा उनलाई कारवाही गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका हुन्।

‘म्याच रेफ्री र टेक्निकल कमिटीको निर्णयअनुसार उनलाई कारबाही गरिएको हो,’ क्यानका प्रवक्ता छुम्बी लामाले नेपाल लाइभसँग भने, ‘उनले क्यानको आचारसंहिताको २.७ मा उल्लेख गरिएको नियमको उल्लंघन भएकाले खेलमा प्रतिबन्ध (तीन डिमेरिट अंक दिने) लगाउने निर्णय गर्दै स्पष्टीकरणसमेत सोधिएको छ।’

क्यानले अब आयोजना गर्ने जुनसुकै प्रतियोगिताको एक खेल सन्दीपले खेल्न पाउने छैनन्।