काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस युक्रेन सङ्कटमा नयाँ अमेरिकी प्रशासनसँग वार्ता गर्न खुला रहेको बताएका छन् । पुटिनले देशको सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा यस्तो टिप्पणी गरेका हुन् ।
राष्ट्रपतिले युक्रेन सङ्कटको सम्भावित समाधानमा थप द्वन्द्वको लागि सेनाहरूलाई पुनः समूहबद्ध गर्न अस्थायी युद्धविराम समावेश हुनु नहुने बताए । तर यस क्षेत्रका सबै देशहरूको वैध हितको सम्मानमा आधारित दीर्घकालीन शान्ति प्राप्त गर्नुपर्ने बताए ।
रुसी नेताले मस्कोले कहिल्यै वार्तालाई अस्वीकार नगरेको बताए । कुनै पनि अमेरिकी प्रशासनसँग सहयोग गर्न सधैँ खुला रहेको बताए । यसैबीच, पुटिनले ट्रम्पलाई शपथग्रहणको बधाई दिए । बैठकको क्रममा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले नयाँ अमेरिकी प्रशासन र अन्य पश्चिमी नेताहरूसँग सम्पर्क गर्न मस्को तयार रहेको पुष्टि गरे ।
रुसको विदेश मन्त्रालयले टोकियोले आफ्नो अमित्रतापूर्ण नीतिहरू त्याग्न ठोस कदम चालेमा मस्को जापानसँग वार्ता पुनः शुरु गर्न तयार हुने बताएको छ ।


प्रतिक्रिया