मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार वाग्लेलाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी

काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार वाग्लेलाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी

न्यूजस्टोरी

काभ्रे । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिको जिम्मेवारी प्रा.डा. अच्युतप्रसाद वाग्लेलाई दिइएको छ ।उपकुलपति प्रा.डा. भोला थापाको पदावधि सकिएपछि केयूका रजिष्ट्रार वाग्लेलाई उपकुलपतिको जिम्मेवारी दिइएको हो ।

कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ साल माघ ७ गतेको निर्णय अनुसार वाग्लेलाई उपकुलपतिको जिम्मेवारी दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । विश्वविद्यालय कार्य व्यवस्था नियम, २०४९ को परिच्छेद ५ को दफा ५.४ को खण्ड (ट) बमोजिम अर्को व्यवस्था नभएसम्मको लागि दैनिक कार्य सञ्चालन गर्न रजिस्ट्रार वाग्लेलाई नै जिम्मेवारी दिइएको हो ।

केयूको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिसकेको छ भने समिति समेत विवादमा परेको छ । संस्थापक उपकुलपति सुरेशराज शर्माका आवेदकमध्येका दुई जना आफन्त नै रहेपछि सरकारले उपकुलपति नियुक्ति गन्र्न गठन गरेको समिति नै विवादमा मुछिएको हो । सरकारले गठन गरेको समितिले उपकुलपति बन्नका लागि मागेको आह्वानबाट १६ जनाले उपकुलपति बन्नका लागि आवेदन दिएका छन् ।