काठमाडौं । काठमाडौंको चाबहिलस्थित ओम अस्पतालको कम्पाउन्ड पर्खालमा काठमाडौं महानगरले डोजर चलाएको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणको सार्वजनिक जग्गा संरक्षण अभियानअन्तर्गत अस्पतालको पर्खालमा आइतबार डोजर चलाएको हो ।
काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा रहेको अस्पतालले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले डोजर चलाएको हो । धोबीखोला करिडोरसँगै रहेको पर्खालमा डोजर चलाइएको हो । धोबीखोला करिडोरका अन्य अतिक्रमित संरचनासमेत भत्काइएको छ ।
२०७९ सालमा बालेन्द्र शाह (बालेन) मेयर निर्वाचित भएपछि काठमाडौं महानगरले सार्वजनिक जग्गा मिचेर बनाएका संरचनामा डोजर चलाउँदै आएको छ।


प्रतिक्रिया