मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशको सार्वजनिक ऋण २५ खर्ब ३६ अर्बमाथि

देशको सार्वजनिक ऋण २५ खर्ब ३६ अर्बमाथि

न्यूजस्टोरी

काठमाण्डौ । देशको सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो छ महिना अर्थात साउनदेखि पुससम्ममा एक खर्ब दुई अर्ब तीन करोड थप भएर सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ पुगेको हो । चालू आर्थिक वर्षको शुरुवातमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ थियो ।

सरकारले हरेक वर्ष बजेटको आकार बढाए पनि त्यसअनुसार राजस्व असुली बढ्न नसक्दा सार्वजनिक ऋणको आकार बढ्दै गएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यस वर्षको पुस समान्तसम्म विदेशी विनिमय दरमा भएको परिवर्तनले ११ अर्ब ६१ करोड सार्वजनिक ऋण दायित्व बढेको छ ।

यसबीचमा आन्तरिक ऋणको ब्याज भुक्तानीमा २७ अर्ब ९५ करोड र साँवा भुक्तानीमा एक खर्ब २७ अर्ब रुपैयाँ खर्च भएको छ । बाह्य ऋणको साँवा भुक्तानीमा २२ अर्ब २० करोड र ब्याज भुक्तानीमा चार अर्ब २७ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।