बीरगंज १८ कात्तिक । नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले मधेशको बिकास नभए सम्म नेपालको बिकास नहुने बताउनु भएको छ ।
बीरगंजमा आज मधेश प्रदेशको प्रथम सपथग्रहण समारोह कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मधेश अगाडी नबढे मधेशको बिकास नभए सम्म देशमा बिकास नहुने बताउनु भएको हो । ओलीले सबैधानिक गैर कानुनी आधार नभएको फैसला यो सरकारको आलोचित भएको बताउनु भएको छ ।
पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अहिलेको सरकारले अपराध र अपराधी क्रियाकलापमा संलग्न रहेका ब्यक्तीहरुलाई कारवाही नगरेर संरक्षण गरी रहेको आरोप लगाउनु भएको छ । उहाले नेकपा एमाले बाहेक अरु कुनै पार्टीले देशमा बिकास नगर्ने बताउदै नेपालमा एमाले पार्टीको बिकल्प नरहेको बताउनुभयो । अध्यक्ष ओलीले मधेश प्रदेशको प्रथम अधिबेशनबाट सर्वसहमतीबाट अध्यक्ष लगायत पधादिकारीहरुलाई बधाई दिदै सफल कार्यकालको शुभकामना समेत दिएका छन । ओलीले शुक्रवार गएको रुकुम लगायतका स्थानहरुमा बिनासकारी भुकम्पमा परी ज्यान गुमाएका र घाईते भएकाहरु प्रती दुख ब्यक्त गर्दै सो क्षेत्रमा बिनासकारी भुकम्पबाट घर बिहिन र घाईतेहरुलाई एमाले पार्टीका सबैले सहयोग मिलेर गर्न समेत आग्रह गर्नुभयो ।


प्रतिक्रिया