मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२०८१ को एसईई परीक्षाको तालिका सार्वजनिक

२०८१ को एसईई परीक्षाको तालिका सार्वजनिक

न्यूजस्टोरी

काठमाडौं, १ माघ । एसइइ परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका आज सार्वजनिक गरेको हो ।

एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली, चैत १० गते अनिवार्य गणित, १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।