मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिभुवन विश्वविद्यालयद्वारा २४ क्याम्पसमा प्रमुख नियुक्त, कहाँ को ?

त्रिभुवन विश्वविद्यालयद्वारा २४ क्याम्पसमा प्रमुख नियुक्त, कहाँ को ?

न्यूजस्टोरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले देशभरका २४ आंगिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको छ । आइतबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले देशभरका २४ आंगिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको हो ।क्याम्पस प्रमुख नियुक्तिका लागि त्रिविले छनौट तथा सिफारिस समिति गठन गरेको थियो। समितिले गरेको सिफारिसको आधारमा नियुक्ति गरिएको त्रिविले जनाएको छ ।

त्रिविका प्रवक्ता एमनसिंह बोहोराका अनुसार शंकरदेव क्याम्पस काठमाडौंमा सहप्राध्यापक कपिल खनाल, नेपाल कमर्श क्याम्पसमा सहप्राध्यापक जितेन्द्रप्रसाद उपाध्याय, ललितकला क्याम्पसमा उपप्राध्यापक यामप्रसाद शर्मा, सानोठिमी क्याम्पसमा उपप्राध्यापक माधवप्रसाद श्रेष्ठ र विश्वभाषा क्याम्पस काठमाडौंमा उपप्राध्यापक महेन्द्रकुमार बुढाथोकी क्याम्पस प्रमुख नियुक्त भएका छन् ।

पाटन संयुक्त क्याम्पसमा सहप्राध्यापक रघुवीर विष्ट र रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौंमा सहप्राध्यापक पदमकुमार अधिकारी क्याम्पस प्रमुख नियुक्त भएका छन् । भैरवहा क्याम्पसमा लक्कीप्रसाद जोशी, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा सहप्राध्यापक लालमणि आचार्य, सुर्खेत बहुमुखीमा सहप्राध्यापक माधवप्रसाद खनाल र बुटबल बहुमुखी क्याम्पसमा उपप्राध्यापक अरुणकुमार क्षेत्रीलाई क्याम्पस प्रमुख नियुक्त गरिएको त्रिविले जनाएको छ ।

रामस्वरुप रामसागर क्याम्पस जनकपुरमा प्राध्यापक बसन्तकुमार कर्ण, भोजपुर बहुमुखीमा सहप्राध्यापक पर्वतकुमार राई, पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापक हरिप्रसाद पाठक र सूर्यनारायण सत्यनारायण क्याम्पस सिरहामा सहप्राध्यापक राजेश्वरप्रसाद यादव क्याम्पस प्रमुख नियुक्त भएका छन् । देशभर त्रिविका ६४ वटा आंगिक क्याम्पस सञ्चालनमा छन् ।