मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामा कार दुर्घटनामा दुई नेपाली युवकको मृत्यु

अमेरिकामा कार दुर्घटनामा दुई नेपाली युवकको मृत्यु

न्यूजस्टोरी

काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ७ः३० बजेतिर सेन्टरभ्यु ड्राइभमा रहेको विङ्गेट बाई विन्डह्याम होटल नजिकै रहेको पोखरीमा कार खस्दा चालक ५५ वर्षीय कर्ण खड्का र यात्रु २० वर्षीय निश्चल भट्टको मृत्यु भएको हो ।

फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार उनीहरू सवार कार हिउँमा चिप्लिएर पोखरीमा खसेको हो । अमेरिकी सञ्चारमाध्यमका अनुसार पोखरीमा कार डुबेको अवस्थामा फेला परेको थियो । दुवै जनाको शव कारभित्र पाइएको हो । खड्का सोही होटलमा हाउस किपिङमा काम गर्दथे ।

उनले आफ्नो भान्जा नाता पर्ने अर्का व्यक्तिलाई त्यही होटलमा काम लगाइदिने भनेर उनले होटलमा ल्याएका थिए । तर कार पार्किङ क्षेत्रबाट हिउँमा चिप्लिएर करिब १० फिट गहिरो पोखरीमा खसेको थियो । दुर्घटना स्थलको भिडियो हेर्दा कारको अघिल्लो भाग पानीमा डुबेको देखिन्छ । अत्यधिक चिसो मौसम र उद्धारमा पनि ढिलाइ भएकाले उनीहरुको मृत्यु भएको त्यहाँस्थित नेपालीहरुले बताएका छन् ।