मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँचखालमा आगलागी : ९ वटा पसलमा क्षति

पाँचखालमा आगलागी : ९ वटा पसलमा क्षति

न्यूजस्टोरी

काभ्रे, कातिक १७ । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर–४ स्थित समाज कल्याणचोकमा एक घरमा आगलागी भएको छ । शुक्रबार बिहान ६स्१५ बजेतिर स्थानीय उद्धवप्रसाद तिमल्सिनाको घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा करिब ४५ मिनेटपछि आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।उहाँका अनुसार, आगलागीमा कुनै मानवीय क्षति छैन । उक्त घरको सटरमा सञ्चालित ९ वटा पसलमध्ये ४ वटा कपडा पसलमा पूर्णि क्षति, ३ वटा होटल, १ वटा मोबाइल पसल र १ वटा मासु पसलमा आंशिक क्षति भएको उहाँले बताउनुभयो । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।