मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लस एन्जलसको जङ्गलमा लागेको आगो लगातार फैलिँदै : ५ जनाको मृत्यु, आपतकाल घोषणा

लस एन्जलसको जङ्गलमा लागेको आगो लगातार फैलिँदै : ५ जनाको मृत्यु, आपतकाल घोषणा

न्यूजस्टोरी

काठमाडौं । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगलागीका कारण बिहीबार बिहानसम्म पाँच जनाको मृत्यु भएको छ । लस एन्जलस सेरिफको कार्यालयले यसको पुष्टि गरेको हो ।

वनमा लागेको आगलागीका कारण थप तीन जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । यसअघि अधिकारीहरूले दुई जनाको मृत्यु भएको पुष्टि गरेका थिए । पाँच जनाको मृत्यु अल्टाडेना क्षेत्रको इटनमा भएको आगलागीका कारण भएको बीबीसीको समाचारमा उल्लेख छ ।

लस एन्जलस काउन्टी फायर चीफ एन्थोनी मार्रोनका अनुसार इटनको आगो अहिले १० हजार ६०० एकड जमिनमा फैलिसकेको छ । धेरैतिर फैलिएकाले नियन्त्रणमा आउन सकेको छैन ।

उनले भने, ‘दुर्भाग्यवश पाँच नागरिकको मृत्यु भएको छ र केही घाइते भएका छन् । हालसम्म एक हजारभन्दा बढी घर तथा भवनहरू क्षतिग्रस्त वा पूर्णरुपमा ध्वस्त भएका छन् ।’ लस एन्जलसको जङ्गलमा लागेको आगो लगातार फैलिरहेको छ । आगो अझै फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै यहाँ आपतकाल घोषणा गरिएको छ । र, सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

बिहीबार बिहान हवाइजहाजको सहयोगमा पानी छर्केर आगो नियन्त्रणको प्रयास भइरहेको छ ।