मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१७२ कम्पनीको शेयर मूल्य गिरावट : कारोबार रकम पनि घट्यो

१७२ कम्पनीको शेयर मूल्य गिरावट : कारोबार रकम पनि घट्यो

न्यूजस्टोरी

काठमाडौं । शेयर बजार आज (बुधबार) दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ६८ अङ्कले घटेर एक हजार आठ सय ९२ विन्दुमा झरेको छ । आज १७२ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।

आज बजारसँगै कारोबार रकम पनि घटेको छ । आज २ सय ६४ वटा कम्पनीका २५ लाख ७१ हजार कित्ता शेयर ८४ करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै तारागाउँ रिजेन्सीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज जनउत्थान सामुदायिक लघुवित्तको शेयर तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।