मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मूलपानी क्रिकेट रङ्गशाला बनाउने स्रोत सुनिश्चित गर्न सरकारलाई निर्देशन

मूलपानी क्रिकेट रङ्गशाला बनाउने स्रोत सुनिश्चित गर्न सरकारलाई निर्देशन

न्यूजस्टोरी

काठमाडौं । संसदीय समितिले मूलपानी क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । आज (बुधबार) संसदको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सचिवलगायतसँग छलफल गरेर समितिले रङ्गशाला निर्माणका लागि छिटो आर्थिक स्रोत उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो ।

सरकारले मूलपानी क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरिसकेको छ । पुल्चोक इन्जिनियरिङ कलेजले बनाएको डिजाइनअनुसार हालको तल्लो मूलपानी मैदानलाई प्रमुख मैदानको रूपमा निर्माण गरिनेछ । जहाँ २० हजार ८ सय ७८ दर्शक क्षमता रहनेछ । यो स्टेडियमको मुख्य विशेषता भनेको मैदानमा जडान गरिने सब–एयर प्रविधि हुनेछ । उनीहरूका अनुसार पानी परेको १० देखि १२ मिनेटभित्र मैदान खेल्न तयार हुनेछ ।

डिजाइनमा तल्लो र माथिल्लो मूलपानी मैदान समावेश छ । स्टेडियममा तीन तलाको अन्डर ग्राउन्ड पार्किङ, पुरुष र महिलाका लागि ३ सय क्षमताको होस्टेल, पौडीपोखरी, सुविधासम्पन्न ट्रेनिङ सेन्टर, फ्लडलाइट, साउन्ड सिस्टम, डिजिटल डिस्प्ले बोर्ड, ६ लेनको इन्डोर र आउटडोर प्रशिक्षणस्थललगायतका संरचना छन् । हालको माथिल्लो मूलपानी मैदान प्रशिक्षण मैदानको रूपमा रहनेछ ।