मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाको लस एन्जल्समा भीषण वन डढेलो, लाखौं मानिस त्रसित

अमेरिकाको लस एन्जल्समा भीषण वन डढेलो, लाखौं मानिस त्रसित

न्यूजस्टोरी

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्समा लागेको वन डढेलो विशाल रुपमा फैलिएको छ । लस एन्जल्सको डढेलो २० एकड क्षेत्रफलबाट बढेर १ हजार २ सय एकडसम्म फैलिएको छ ।

डढेलो तीब्र गतिमा फैलिरहेकाले त्यस वरपरका बस्तीमा जोखिम पनि बढेको छ । लस एन्जल्सका सबै प्रशान्त क्षेत्रका बस्ती खाली गर्न आदेश दिइएको छ ।

डढेलोका सार्वजनिक भएका दृश्य तथा तस्वीरहरुले बस्ती नजिकै बाक्लो धुँवा सहितको आगोको मुस्लो फैलिएको देखिएको छ । पछिल्लो तथ्यांक अनुसार एउटा घरमा आगलागी भएको छ ।

सर्वसाधारणहरु कार तथा बसमा चढेर सुरक्षित स्थानमा भागिरहेका छन् । लाखौं मानिसहरुलाई खतराको सूचीमा राखी सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । हालसम्म कुनै पनि मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन ।