मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो

झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो

न्यूजस्टोरी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६.१६ अंकले बढेको छ । नेप्से बढे पनि कारोबार रकममा कमी आएको छ । आज ९२ करोड सात लाख रुपैयाँले घटेर पाँच अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ । सोमबार ६ अर्ब ३० करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

नेप्से परिसूचक आज २,६४६.८४ विन्दुमा बन्द भएको छ । आज ​​१२५ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । १०८ कम्पनीको सेयरमूल्य घटेको छ । दश कम्पनीको सेयरमूल्य स्थिर छ ।

आज सप्तकोसी डेभलपमेन्ट बैंक, ङ्यादी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र डोल्टी पावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

आज चार समूहको सेयरमूल्य घटेको छ । फाइनान्स समूहको परिसूचक २.६५ प्रतिशतले वृद्धि भएको छ ।