मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईएमई योजनाकी विजेता प्रमिलालाई एक करोडको चेक हस्तान्तरण

आईएमई योजनाकी विजेता प्रमिलालाई एक करोडको चेक हस्तान्तरण

न्यूजस्टोरी

काठमाडौं । विदेशमा कमाएको रकम आईएमई गर्दा एक करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आईएमई ग्रुपले चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आईएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

कैलालीको गोदावरी नगरपालिका–९ स्थित बल्मी टोलकी रोकायालाई शनिबार कैलाली पुगेर ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका हुन् । चेक बुझेपछि प्रमिलाले आईएमईमार्फत रकम पठाउँदा प्राप्त भएको रकमबाट बुवा आमाका लागि घर बनाइदिने योजना बनाएको बताइन् ।

गत असोजमा आईएमईका ब्रान्ड एम्बेस्डर दीपाश्री निरौलाले काठमाडौंमा सार्वजनिक लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल बनेकी थिइन् । आईएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम–रेमिटेन्समार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ‘आईएमई गरौं, करोडपति बनौं’ योजना अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट गरिएको थियो ।

आईएमईले एक वर्ष अघि विदेशमा कमाएको रकम औपचारिक माध्यम–आईएमई गरी रकम पठाउने सेवाग्राहीमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो । सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए । आईएमई गरी आईएमई पे वालेट, बैंक खातामा जम्मा गर्ने तथा आईएमई काउन्टरमा रकम पठाउने सेवाग्राही यो योजनामा सहभागी थिए । आईएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो अफर ल्याएको थियो ।