मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दक्षिण कोरियाली राष्ट्रपतिविरूद्ध महाभियोग प्रस्ताव पारित

दक्षिण कोरियाली राष्ट्रपतिविरूद्ध महाभियोग प्रस्ताव पारित

न्यूजस्टोरी

दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाअभियोग प्रस्ताव पारित भएको छ ।

सत्तारूढ पार्टीले समेत महाअभियोगको पक्षमा मत हालेपछि प्रस्ताव पारित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रिय सभामा शनिबार राष्ट्रपतिविरूद्ध महाअभियोगको प्रस्ताव पेस भएको थियो । त्यसमा २०४ मतले महाअभियोगको प्रस्ताव पारित भएको एपीले जनाएको छ । विपक्षमा ८५ मत परेको छ ।

महाअभियोग प्रस्ताव दुई तिहाई मतबाट पारित गर्नुपर्छ । ३०० सदस्यीय कोरियाको संसद्‌मा राष्ट्रपति यूनको सत्तारूढ दल पिपल्स पावर पार्टी ९पीपीपी०का १०८ सांसद छन् भने विपक्षीका १९० सांसद छन् ।

दुई तिहाईले महाअभियोग प्रस्ताव पारित हुन पीपीपीकै सांसदहरूले प्रस्तावमा मत हालेपछि पारित भएको हो ।

महाभियोग पारि भएपनि यूनलाई स्थायी रूपमा पदबाट हटाइनेछ भन्ने ग्यारेन्टी भने हुँदैन ।

सम्पूर्ण महाभियोग प्रक्रिया आफैंमा केही हप्ता लाग्नसक्छ, किनकि संवैधानिक अदालतमा मुद्दा चलाउन बाँकी छ । नौ सदस्यीय परिषद्मध्ये छ जनाले महाभियोगलाई कायम राख्न मतदान गरेमा मात्र राष्ट्रपति पदबाट हट्नेछन् ।

यस्तो अवस्थामा सत्तारुढ भएको ६० दिनभित्र अर्को राष्ट्रपतिको निर्वाचन आह्वान गरिनेछ ।