मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेयर बजारमा उच्च गिरावट

सेयर बजारमा उच्च गिरावट

न्यूजस्टोरी

काठमाडौं । आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक आ ४५.९३ अंक घटेको हो । गिरावटसँगै नेप्से २६८९ विन्दुमा झरेको छ ।

त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ६.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२७ अंक घटेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ८ अर्ब ३६ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२१ स्टकको ८१ हजार ४०४ पटकको कारोबारमा ७ अर्ब ४६ करोड ३ लाख रुपैयाँबराबरको १ करोड ७३ लाख ९२ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।

आज तीन सय २१ कम्पनीको एक करोड ७३ लाख ९२ हजार दुई सय ४४ कित्ता सेयर ८१ हजार चार सय चार पटक खरिदबिक्री हुँदा रू सात अर्ब ४७ करोड तीन लाख पाँच हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा दुई सय १४ कम्पनीको शेयर मूल्य घटेको छ । सबै समूहको उपसूचक घटेको छ ।

सबैभन्दा बढी जीवन बिमा समूह तीन दशमलव शून्य सात र व्यापार समूह दुई दशमलव १३ प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव ८६, विकास बैंक एक दशमलव शून्य चार, वित्त एक दशमलव ८४, होटल तथा पर्यटन एक दशमलव ८४, जलविद्युत् एक दशमलव ९८ र लगानी समूह एक दशमलव ३३ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ३४, लघुवित्त एक दशमलव ५०, म्युचुअल फण्ड शून्य दशमलव ५९, निर्जीवन बिमा शून्य दशमलव ८३ र अन्य समूह शून्य दशमलव ८१ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

तीनवटा कम्पनीको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको हो । खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९८ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३२ करोड ६४ लाख ६१ हजार पाँच सय ६९ रुपैयाँको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा लक्ष्मी उन्नति कोषको २० लाख पाँच हजार एक सय कित्ता सेयर किनबेच भएको छ ।