दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मार्शल ल अर्थात् सैन्य कानून घोषणा गरेकोमा माफी माग्नुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति युनले मार्शल ल घोषणा गर्ने आफ्नो निर्णयका लागि माफी माग्नुभएको बीबीसीले जनाएको छ ।
आफ्नो घोषणाबाट हुने कुनै पनि कानूनी र राजनीतिक जिम्मेवारी मुद्दाहरूलाई बेवास्ता नगर्ने भन्दै उहाँले अर्को ुमार्शल लु घोषणा नहुने प्रतिबद्धता जनाउनुभएको छ । राष्ट्रपति युनले आफ्नो कार्यकालको मुद्दा आफ्नो पार्टीमा छोडेको भन्दै आफ्नो सम्बोधन सक्नुभएको खबरमा उल्लेख छ । उहाँले देशको भावी व्यवस्थापनको जिम्मेवारी आफ्नो पार्टी र सरकारको हुने पनि बताउनुभएको छ ।
राष्ट्रपति युनले मार्शल ल घोषणालाई लिएर राजीनामा दिनेबारे भने केही उल्लेख गर्नुभएन । तर उहाँकै पार्टीका नेताले पनि राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताएका छन् । यस्तै प्रमुख प्रतिपक्ष दलका नेताले राष्ट्रपति युनको भाषण धेरै निराशाजनक भएको टिप्पणी गर्नुभएको छ ।
यसैबीच, सैन्य शासन लागू गर्ने असफल प्रयासपछि राष्ट्रपति युनविरुद्धको महाभियोगमा मतदान आजका लागि तय भएको छ । राष्ट्रपछि युनले पूरै देश र विश्वलाई चकित पार्ने गरी गएको मङ्गलवार राति मार्शल ल घोषणा गर्दै केही घण्टामै फिर्ता गर्नुभएको थियो ।


प्रतिक्रिया