मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना

मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना

न्यूजस्टोरी

सोलुखुम्बु, २७ असोज । मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ ।

ओखलढुङ्गाको रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो ।

हेलिकप्टरमा पाइलट पिके सेढाईँ मात्रै रहेका र उहाँ सुरक्षित रहेका मनाङ एअरले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।