मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीले दियो काठमाडौंलाई १५० रनको चुनौती, एनपीएलमा शिखर धवनको पहिलो अर्धशतक

कर्णालीले दियो काठमाडौंलाई १५० रनको चुनौती, एनपीएलमा शिखर धवनको पहिलो अर्धशतक

न्यूजस्टोरी

काठमाडौं । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजलाई कर्णाली याक्सले १५० रनको चुनौती पेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँले टस जितेर फिल्डिङ रोजेसँगै ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन जोड्यो ।

कर्णालीका लागि भारतीय खेलाडी शिखर धवनले शानदार ब्याटिङ गरे । पहिलो खेलमा चल्न नसकेका धवनले आजको खेलमा भने धुँवादार ब्याटिङ गर्दै ७२ रन जोडे । ५१ बलको सामना गरेका उनले ४ चौका र ५ छक्का हिर्काए । धवनले हिर्काएको अर्धशतक यस सिजनको एनपीएलको छैटौं अर्धशतक हो ।

उनीअघि जनकपुर बोल्ट्सका लहिरु मिलान्था र अनिल साहले अर्धशतक बनाएका थिए । विराटनगर किंग्सका मार्टिन गप्टिल, सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी र चितवन राइनोजका रवि बोपाराले पनि अर्धशतक बनाएका थिए ।

८४ रनमा ५ विकेट गुमेपछि धवनले जीशान मकसुदसँग मिलेर अविजित ६५ रनको साझेदारी गर्दै कर्णालीलाई मध्यम योगफलसम्म पुर्‍याएका हुन् । बलिङतर्फ काठमाण्डुका जेरार्ड एरासमसले २ विकेट लिए भने दिपेश कँडेल, करण केसी, नाथन सोटरले १-१ विकेट लिए । काठमाडौं । कर्णाली दुवैले पहिलो खेल हारेको हुँदा आज सुखद सुरुआत गर्न चाहन्छन् ।