काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज (बुधबार) बिहान काठमाडौं गोर्खाजविरुद्धको जारी खेलमा कर्णाली याक्सले चाँडै विकेट गुमाएको छ । कर्णालीले चौथो ओभर नसकिँदै दोस्रो विकेट गुमाएको हो ।
गेराल्ड इरामसले दोस्रो विकेट लिएका हुन् । चाडविक वाल्टन २१ रन बनाएर आउट भएका छन् । ३.५ ओभरमा २६ रन बनाउँदा कर्णालीले दोस्रो विकेट गुमाएको हो ।
यसअघि देव खनाल तीन बल खेलेर खाता नखोली पबेलियन फर्किएका थिए । उनको विकेट काठमाडोंका कप्तान करण केसीले लिएका थिए ।


प्रतिक्रिया