मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसीसी यू–१९ एसिया कप : श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य

एसीसी यू–१९ एसिया कप : श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य

न्यूजस्टोरी

काठमाडौं । यूएईमा सुरु एसीसी यू–१९ एसिया कप २०२४ मा नेपाललाई श्रीलंकाले २ सय ३४ रनको लक्ष्य दिएको छ। यूएईको शारजाह क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो ।

पहिला ब्याटिङ गरेको श्रीलंका निर्धारित ५० ओभरमा २ सय ३३ रन बनाएर अलआउट भयो। श्रीलंकाकाका लागि सानमुगानाथनले सर्वाधिक ६२ रनको योगदान दिए। उनले ९९ बलमा २ चौका प्रहार गर्दा सन्तोष यादवको हातबाट बोल्ड आउट भए।

नेपालका नरेन साउदले अन्तिम ओभरमा लगातार दुई विकेट लिर्दै श्रीलंकालाई अलआउट गराएका हुन्। लाक्भिन ५० रन बनाउँदा क्याच आउट भए। दिलनुथ सिगेरा र भिमाथ दिनसाराले समान २४ रन थपे। नेपालका लागि सन्तोष यादव एक्लैले चार विकेट लिए। उनले आफुनो स्पेलमा ४५ रन खर्चे। युवराज खत्रीले दुई विकेट झारे। हेमन्त धामी र नरेन साउदको नाममा समान एक विकेट रह्यो।