मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज फेरि घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

आज फेरि घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

न्यूजस्टोरी

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) फेरि सुनचाँदीको मूल्य ओरालो लागेको छ । बुधबार प्रतितोला ९ सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो ।