मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इजरायलको जोखिम क्षेत्रका १२७ जना नेपालीको उद्धार, घाइते चार जनाको स्वास्थ्यमा सुधार

इजरायलको जोखिम क्षेत्रका १२७ जना नेपालीको उद्धार, घाइते चार जनाको स्वास्थ्यमा सुधार

न्यूजस्टोरी


काठमाडौं, २४ असोज । इजरायलको जोखिमयुक्त क्षेत्रका १२७ जना विद्यार्थीको उद्धार भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।
दूतावासले गएराति विज्ञप्ति निकालेर गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना र इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ जना विद्यार्थीलाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको जनाएको हो ।

यस्तै, हमास समूहको आक्रमणमा परेर घाइते भएका चार जनाको उपचार भइरहेको र उनीहरुको स्वास्थ्यमा सुधार आइरहेको पनि विज्ञप्तिमा भनिएको छ ।

हरारहेका एक जनाको खोजीका लागि प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कुटनीतिक संयन्त्रको सहयोग लिइएको छ । यसैगरी नेपाल फर्किन इच्छुक नेपाली नागरिकहरुका लागि दूतावासबाट शुरु गरिएको अनलाइन रजिष्ट्रेशनमा अहिलेसम्म ३ सय ५० भन्दा धेरै जनाले विवरण भरेका छन् ।

विवरण भरेकाहरुको सुरक्षित स्वदेश फिर्तीको प्रक्रिया शुरु गरिएको पनि इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासले संयम रहँदै दूतावाससँग समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न पनि आग्रह गरेको छ । हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको भने ज्यान गएको थियो ।