मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युक्रेनले पहिलो पटक बेलायती मिसाइल रुसमा प्रहार गर्‍यो

युक्रेनले पहिलो पटक बेलायती मिसाइल रुसमा प्रहार गर्‍यो

न्यूजस्टोरी

बेलायतले दिएको लामो दूरीको मिसाइल स्ट्रम स्याडो मिसाइल युक्रेनले पहिलो पटक रुसी भूमिमा प्रहार गरेको छ । अमेरिकाले दिएको मिसाइल प्रहार गरेको दोस्रो दिनमै हिजो युक्रेनले बेलायतले दिएको मिसाइलबाट पनि रुसमा आक्रमण गरेको हो ।

रुसी युद्ध संवाद दाताले टेलिग्राममा पोष्ट गरेको भिडियो फुटेजअनुसार युक्रेनको सीमामा रहेको कुस्र्क क्षेत्रमा मिसाइल प्रहार भएको थियो । मिसाइल आवासीय क्षेत्रमा मिसाइल प्रहार गरे पनि क्षतिको विवरण प्राप्त भएको छैन ।

अमेरिकाले आफूले दिएको लामो दूरीको मिसाइल रुसी भागमा आक्रमण गर्न युक्रेनलाई अनुमति दिएपछि बेलायतले पनि अनुमति दिएको छ । रुसले युक्रेनमा आक्रमण थालेको एक् हजार दिनमा अस्ति युक्रेनले ६ वटा अमेरिकी मिसाइल रुसमा प्रहार गरेको थियो, पाँच वटा भने रुसले आकासमै ध्वस्त बनाएको थियो ।

यसैबीच, रुसले युक्रेनको राजधानी किभमा ठूलो आक्रमण गर्ने भन्दै बन्द भएका विभिन्न देशका दूतावास अहिले खुलेका छन् । रुसले किभमा निकै ठूलो र खतरनाक आक्रमण गर्ने सूचना पाएको भन्दै अमेरिका, स्पेन, इटली लगायका देशले हिजो दुतावास बन्द गरेका थिए ।

युक्रेनभर रुसी आक्रमणको हल्ला फैलिएपछि धेरैजसो मानिस बंकरमा लुक्न गएका थिए । सरकारी र निजी कार्यालय बन्द भएका थिए । युक्रेन सरकारले भने रुसले आक्रमणको भ्रमपूर्ण सन्देश फैलाएर मनोवैज्ञानिक आतङ्क मच्याएको बताएको छ ।