मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्सा जिल्लामा फेरी फस्टायो अवैध गाँजा खेती, प्रहरीद्वारा फडानी शुरु

पर्सा जिल्लामा फेरी फस्टायो अवैध गाँजा खेती, प्रहरीद्वारा फडानी शुरु

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगञ्ज ५ मंसिर, । पर्सा जिल्लामा फेरी लागु औषध गाँजा खेती फस्टाएको छ।

केही वर्ष देखी बन्द रहेको पर्सा जिल्लामा प्रतिबन्धित लागु औषध गाँजा खेती शुरु भएको हो ।

झण्डै करिव १४ वर्ष पहिले पर्सा जिल्लामा बन्द रहेको गाँजा खेती पर्साको ग्रामिण क्षेत्रमा रहेको ठोरी विजयवस्ती सुवर्णपुर सेढवा जिरा भवानी गाउँमा लगाउन शुरुवात गरेका छन ।
पर्साको ग्रामिण भेगका लगाईएको लागु औषध गाँजा खेती पर्सा प्रहरीले फडानी गरी नष्ट गर्न केही दिनदेखि शुरु गरेको छ ।

पर्साको जिराभवानीमा प्रहरीले करिव दश कठा क्षेत्रफलमा लगाइएको अबैध गाँजा खेती फडानी गरि मङ्गलबार नष्ट गरेको छ ।

इृलाका प्रहरी कार्यालय सेढवा र सश्स्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवपटीबाट खटिएको सँयुक्त टोलीले जिराभवानी गाउँपालिका–३ सहजानपुरमा लगाइएको गाँजा खेती फडानी गरि नष्ट गरेको हो ।

गाँजा खेती फडानी गरि नष्ट गरिएको तथा गाँजा रौपने ब्यक्तिको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

अहिले पनि पर्सा जिल्लाको ग्रामिण भेगका केही गाउँहरुमा उखुको खेत भित्रको बिच भागमा मकैवारीको विच भागमा र जँगलको छेउछाउमा प्रहरीको आँखा नपुग्ने स्थानहरुमा गाँजा खेती लगाईएको छ ।