मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झाँक्रीले दिनेभए ५२ लाख, नगरकोटी दप्पतीको शव आज उठाइने

झाँक्रीले दिनेभए ५२ लाख, नगरकोटी दप्पतीको शव आज उठाइने

न्यूजस्टोरी

काठमाडौं । झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करले ज्यान गुमाएका दम्पतीको शव पाँच दिनपछि आज उठाइँदै छ ।

कात्तिक २८ गते काठमाडौंको इन्द्रायणीमा दुर्घटना भएकाे थियाे । दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए ।

पति नारायणलाई सोही दिन अस्पतालले मृत घोषणा गरेको थियो भने पत्नी सानुमायाको दुई दिनपछि ज्यान गएको थियो ।

शव व्यवस्थापन तथा काजक्रियाका निम्ति झाँक्री भुजेल र मृतकको परिवारबीच आर्थिक विषयमा विवाद हुँदा मृतकको परिवारले ग्राण्डी अस्पतालबाट शव उठाएको थिएन ।

प्रहरी स्रोतका अनुसार, आइतबार दुई पक्षबीच ५२ लाख रुपैयाँ क्षतिपूर्तिमा कुरा मिलेपछि सोमबार शव उठाउने सहमति भएको हो । उनीहरुबीचको मध्यस्थता जिल्ला प्रहरी परिसर भद्रकालीले गरेको थियो ।

पहिला मृतक परिवारले प्रतिव्यक्ति ५० लाखका दरले एक करोड माग गरेको थियो । निरन्तरको वार्ता र स्थानीय जनप्रतिनिधिहरूको मध्यस्थतापछि आइतबार ५२ लाखमा सहमति भएको प्रहरी स्रोतले जनायो ।

भुजेल अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा छन् । उनीविरुद्धको मुद्दा भने प्रहरी वृत्त बौद्धले चलाएको छ । उनलाई सवारी तथा यातायात ऐन २०४९ को सवारी ज्यानको महलमा मुद्दा चलाइने भएको प्रहरीले जनायो । ऐनको दफा १६१ को उपदफा ३ बमोजिम उनीविरुद्ध मुद्दा पेश गर्ने प्रहरीको तयारी छ । त्यसअनुसार उनले बढीमा एक वर्षको कैद पाउँछन् । तर, कानुनले २ वर्षसम्मको कैदमा धरौटीमा छुट्ने सुविधा दिएको छ ।