मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्युत् प्राधिकरणले उद्योगहरूलाई भन्यो- १२ मंसिरभित्र बक्यौता नबुझाए नियमानुसार हुन्छ

विद्युत् प्राधिकरणले उद्योगहरूलाई भन्यो- १२ मंसिरभित्र बक्यौता नबुझाए नियमानुसार हुन्छ

न्यूजस्टोरी

डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् प्रयोग गरेका उद्योगहरूलाई मंसिर १२ भित्र बक्यौता महसुल बुझाउन नेपाल विद्युत् प्राधिकरणले सूचना गरेको छ। अन्यथा नियमअनुसार कारबाही गरिने चेतावनी पनि प्राधिकरणले दिएको छ। 

बिहीबार जरुरी सूचना जारी गरी मन्त्रिपरिषद् र विद्युत् प्राधिकरण सञ्चालक समितिका बैठकले बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय गरेको जानकारी गराउँदै सोबमोजिम बाँकी रकम तिर्न प्राधिकरणले उद्योगहरूलाई ताकेता गरेको हो। 

सूचनामा भनिएको छ- बिलअनुसारको बक्यौता महसुल १५ दिन (अर्थात् २०८१ मंसिर १२ गते) भित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनु हुन अनुरोध गरिन्छ। तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार भइजाने बेहोरासमेत जानकारी गराइन्छ।

हेर्नुहोस् सूचना