मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनपिएल टिम लुम्बिनी लायन्सको ब्रान्ड एम्बेसडरमा राजेश हमाल

एनपिएल टिम लुम्बिनी लायन्सको ब्रान्ड एम्बेसडरमा राजेश हमाल

न्यूजस्टोरी

लुम्बिनी । लुम्बिनी लायन्सले नेपाली फिल्मका अभिनेता राजेश हमाललाई आफ्नो टोलीको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

स्वामित्व फर्चुन हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको लुम्बिनीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हमाललाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको जनाएको हो । हमालले लुम्बिनीसँग आबद्ध हुन पाउँदा खुशी लागेको उल्लेख गर्दै टिमले यस सिजनमा राम्रो प्रदर्शन गर्ने आशा रहेको बताए ।

‘नेपाल क्रिकेट एकताबद्ध भएर लागेकोमा खुसी लागेको छ । सबै पदाधिकारीहरूलाई समेत धन्यवाद दिन चाहन्छु । सबै टिमहरूलाई सफलताको शुभकामनासमेत दिन चाहन्छु । अब हेरौँ लायन्सले कत्तिको रोयर गर्छ ? लायन्ससँग जोडिन पाउँदा एकदम खुसी छुँ,’ उनले भने ।

लुम्बिनीको ‘मार्की प्लेयर’ मा राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल रहेका छन् । नेपाल क्रिकेट संघ क्यानद्वारा आयोजित नेपाल प्रिमियर लिग १५ मंसिरदेखि ६ पुससम्म आयोजना हुँदैछ ।