मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाकिस्तानको क्वेटा रेलवे स्टेशनमा विस्फोट हुँदा २१ जनाको मृत्यु, ४६ घाइते

पाकिस्तानको क्वेटा रेलवे स्टेशनमा विस्फोट हुँदा २१ जनाको मृत्यु, ४६ घाइते

न्यूजस्टोरी

काठमाडौं । पाकिस्तानको बलुचिस्तानस्थित क्वेटा शहरको रेलवे स्टेशनमा शनिबार बिहान बम विस्फोट भएको छ ।

यस विस्फोटमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ । साथै, ४६ जना घाइते भएका छन् ।
अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने आशंका व्यक्त गरेका छन् । घटनाको बारेमा बीबीसीलाई जानकारी दिँदै बलुचिस्तानका स्वास्थ्य संयोजक अधिकारी वसीम बेगले भने, “चार जनाको शव सिभिल अस्पतालमा ल्याइएको छ ।”

क्वेटाका एसएसपी अपरेसन मुहम्मद बलोचले भने, “क्वेटाबाट रावलपिंडीका लागि जाफर एक्सप्रेसका यात्रुहरू रेल आउनको लागि पर्खिरहेका बेला रेलवे स्टेशनमा विस्फोट भएको थियो । उक्त समयमा अधिकांश यात्रु प्लेटफर्ममा उपस्थित थिए ।”घाइतेहरूलाई सिभिल अस्पताल, ट्रमा सेन्टरमा रिफर गरिएको छ । रेलवे स्टेसनमा विस्फोट हुनुको कारण भने खुल्न सकेको छैन ।

बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुग्तीले घटनाको छानबिन गर्न आदेश दिएका छन् ।