मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्रम्पले चुनाव जितिसक्दा पनि अमेरिकाका दुई स्विङ स्टेटमा नतिजा घोषणा हुन बाँकी

ट्रम्पले चुनाव जितिसक्दा पनि अमेरिकाका दुई स्विङ स्टेटमा नतिजा घोषणा हुन बाँकी

न्यूजस्टोरी

काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको आगामी राष्ट्रपतिमा निर्वाचित भएका छन् । तर निर्वाचनमा निर्णायक मानिने सातमध्ये दुई राज्यको नतिजा भने आउन सकेको छैन ।

यी दुई राज्यहरू नेभादा र एरिजोना हुन्। यहाँ मतगणना जारी छ । डोनाल्ड ट्रम्पले बाँकी पाँच स्विंग राज्यहरू – जर्जिया, मिशिगन, नर्थ क्यारोलिना, पेन्सिलभेनिया र विस्कन्सिनमा जित हासिल गरेका छन्।

यी सात स्विङ स्टेटमा कुल ९३ इलेक्टोरल भोट छन्। हाल नेभादामा ९४ प्रतिशत मतगणना सकिएको छ । जसमध्ये ट्रम्पले ५१ प्रतिशत र कमला ह्यारिसले ४७.२ प्रतिशत मत प्राप्त गरेकी छन् । जबकि एरिजोनामा ७० प्रतिशत मत गणना भइसकेको छ । रिपब्लिकन पार्टीले ५२.३ प्रतिशत र डेमोक्रेटिक पार्टीले ४६.८ प्रतिशत मत प्राप्त गरेको छ ।

अमेरिकाको स्विङ स्टेटहरू ती राज्यहरू हुन् जहाँ प्रतिस्पर्धा नजिक हुन्छ ।