मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युक्रेनमा विजय नभएसम्म रुसको साथमा रहने उत्तर कोरियाको घोषणा

युक्रेनमा विजय नभएसम्म रुसको साथमा रहने उत्तर कोरियाको घोषणा

न्यूजस्टोरी

उत्तर कोरियाले युक्रेनमा विजय नभएसम्म रुसको साथमा रहने घोषणा गरेको छ । उत्तर कोरियाका विदेश मन्त्री चो सोन हुईले विजयसम्म सधैँ रुसी सेनासँग उभिने समकक्षी सर्गेइ लाभ्रोभसँगको वार्तापछि मस्कोमा घोषणा गर्नुभएको हो । यसअघि नै अमेरिकाले आउँदा दिनमा युक्रेन द्वन्द्वमा हजारौं उत्तर कोरियाली सेना सहभागी हुन सक्ने अनुमान सार्वजनिक गरेको थियो ।

वासिङ्टन र सियोलले उत्तर कोरियालाई आफ्नो सेना फिर्ता लिन चेतावनी दिएका छन् भने केही सेना कुर्स्क सीमा क्षेत्रमा पुगेको अमेरिकी गुप्तचरले जनाएको छ । सन् २०२२ फेब्रुअरीमा रुस–युक्रेन युद्ध शुरु भएको थियो । उत्तर कोरिया र इरान रुसको समर्थकका रूपमा देखिएका छन् ।

रुसी विदेशमन्त्री लाभ्रोभले राष्ट्रपति भोलोदिभिर पुटिनको जुलाईको प्योङयाङ भ्रमणले सम्बन्धको नयाँ चरण शुरु गरेको बताउनुभएको अन्तराष्ट्रिया सञ्चारमाध्यमले जनाएका छन् ।