मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको दिल्लीमा वायु प्रदूषण अहिलेसम्मकै खराब, एक्यूआई चार सयभन्दा माथि

भारतको दिल्लीमा वायु प्रदूषण अहिलेसम्मकै खराब, एक्यूआई चार सयभन्दा माथि

न्यूजस्टोरी

भारतको सङ्घीय राजधानी दिल्लीमा अहिलेसम्मकै उच्च वायु प्रदूषण भएको छ । हावाको गुणस्तर मापन सूचक एक्यूआईलगातार १४ घण्टासम्म चार सयभन्दा माथि पुगेको बीबीसी हिन्दीले जनाएको छ ।

हिजो बेलुकादेखि आज बिहान ७ बजेसम्म हावाको गुणस्तर डर लाग्दो रहेको थियो । दिल्लीको केही ठाउँमा छोटो समय एक्यूआई पाँच सय ३३ सम्म पुगेको थियो । एक्यूआई तीन सयभन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर अर्थात घातक मानिन्छ ।

दिल्लीमा यस अघि पनि पटक पटक एक्यूआई चार सयभन्दा माथि पुग्ने गरेकोमा हिजो लामो समयसम्म चार सयभन्दा माथि रहेको हो । यसबेला हरियाणा, पञ्जाबलगायत राज्यका खेतमा पराल जलाउने काम भइरहेकोले दिल्लीको वायु प्रदुषण बढेको छ ।

यस्तै हिजो दिपावलीमा पटका पड्काएका कारण वायु प्रदूषण अत्यधिक बढाएको हो । सरकारले दिल्लीमा पटका पड्काउन प्रतिबन्ध लगाएको भए पनि जथाभावी पड्काउने काम भइरहेको छ । दिल्लीको आकाशमा वारुदको धुवाँले ढाकिएको बीबीसी हिन्दीले जनाएको छ । अहिले पनि दिल्लीमा एक्यूआइ तीन सय आसपासमै रहेको छ ।