काठमाडौँ । केही समय यता लगातार उकालो लागेर नयाँ-नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको हो ।
आज सुनको मूल्य प्रतितोला १ लाख ६६ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार तोलाको एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएर हालसम्मकै उच्च मूल्य पुगेको सुन बिहिबार तोलामा ७०० रुपैयाँले घटेको हो ।
आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । बुधबार तोलाको २१३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार २०९५ मा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा केही गिरावटसँगै आज नेपाली बजारमा पनि सुनको मूल्य घटेको हो ।


प्रतिक्रिया