मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकहरुको नाफा साढे २१ प्रतिशतले बढ्यो

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकहरुको नाफा साढे २१ प्रतिशतले बढ्यो

न्यूजस्टोरी

काठमाण्डौ । वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको नाफा साढे २१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो तीन महिनामा १३ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएका वाणिज्य बैंकहरुले यस वर्ष १६ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएका हुन् । समग्रमा यो २१ दशमलव ६३ प्रतिशतले बढेको नाफा हो । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १२ वटाको नाफा बढेको छ । आठ वटाको नाफा घटेको छ ।

लक्ष्मी सनराइजको नाफा चार सय २० प्रतिशत भन्दा धेरैले बढेको छ । ग्लोबल आईएमई, नेपाल बैंक, प्रभु बैंक, नेपाल एसबीआई, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, कुमारी, सिद्धार्थ, एनएमबी, एभरेस्ट र नबिल बैंकको नाफा बढेको छ । कृषि विकास बैंकको नाफा झन्डै एक सय ३० प्रतिशतले घटेको छ । यस्तै सानिमा, हिमालय, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा, सिटिजन्स, एनआईसी एसिया र राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेको छ ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकहरुको खुद ब्याज आम्दानी ६ प्रतिशतभन्दा धेरैले घटे पनि सम्भावित कर्जा नोक्सानीका लागि गरेको ‘प्रोभिजन’ घट्दा बैंकहरूको नाफामा सुधार देखिएको हो । नेपाल राष्ट्र बैंकले कोभिड–१९ पछि कसिलो बनाएको बैंक तथा वित्तीय संस्थाको नियामकीय नीति खुकुलो बनाउँदै लगेको छ ।

गएको साउनमा सार्वजनिक मौद्रिक नीतिमार्फत असल वर्गमा वर्गीकरण भएको कर्जामा एक दशमलव २ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेमा चालू आर्थिक वर्षबाट एक दशमलव एक प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गर्दा हुने भएको छ । यस्तै कर्जामा वर्गीकरण सम्बन्धी व्यवस्थामासमेत संशोधन गरेको थियो ।