मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लेबनानमा इजरायली सेनाले निरन्तर हमला, विश्व अर्थतन्त्रमा ठूलो धक्का पर्न सक्ने

लेबनानमा इजरायली सेनाले निरन्तर हमला, विश्व अर्थतन्त्रमा ठूलो धक्का पर्न सक्ने

न्यूजस्टोरी

काठमाडौं । लेबनानमा इजरायली सेनाले निरन्तर हवाई हमला गरिरहेको छ । इजरायली डिफेन्स फोर्सले लगातार रकेट तथा बम हमला जारी राखेको हो । आइतबार रातभर इजरायली सेनाले बेरुत र आसपासको क्षेत्रमा हवाई हमला गरेको समाचार एजेन्सी सीसीटिभीप्लसले जनाएको छ ।

शनिवार राती इजरायली सेनाको आक्रमणमा परि कम्तीमा ८४ जना लेबनानी नागरिक मारिएका थिए । आइतबार दिउँसो इजरायली सेनाले बेरुतका १४ तथा अन्य १० गरी २४ नगरमा आक्रमणको चेतावनी दिएको थियो ।

लेबनानको भूमिबाट इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासतर्फ शनिबार ड्रोन हमला भएपछि इजरायली सेना थप आक्रामक बनेको छ । पछिल्लो पटक इजरायली सेनाले हिजबुल्लाहलाई आर्थिक रुपले सहयोग गरिरहेका बैंक तथा वित्तीय संस्थालाई निशाना बनाएको छ । निरन्तरको द्वन्द्वले लेबनानको अर्थतन्त्र ओरालो लागेको छ । व्यापार र स्थानीय कम्पनीहरूले बढ्दो संकटका लागि संघर्ष गरिरहेका छन् ।

युद्धले व्यापार, उद्योग र पर्यटन जस्ता प्रमुख क्षेत्रहरूलाई असर गरेकाले लेबनानको अर्थतन्त्र तलतिर झरेको छ। इजरायली आक्रमण दक्षिणी लेबनानबाट देशको राजधानी र व्यापार केन्द्र बेरुतसहित अन्य सहरहरूमा विस्तार हुँदै गएको छ । 

धेरै व्यावसायीहरू डरले आफ्नो परिवारसहित देश छाडेका थिए, तर धेरैले लेबनानको द्रुत रूपमा परिवर्तन भइरहेको परिस्थितिमा बस्न रुचाए पनि पछिल्लो द्वन्द्वका कारण आजित भएका छन् । त्यो द्वन्द्वले विश्व अर्थतन्त्रमा ठूलो धक्का लाग्न सक्ने बताइन्छ ।