मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई अब डिजिटल चिट

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई अब डिजिटल चिट

न्यूजस्टोरी

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई इ–चलान (डिजिटल चिट) दिने प्रणाली सुरु भएको छ । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा नयाँ प्रणालीको उद्घाटन गरिएको हो ।

जारी गरिएको यो ठगीमा चालकले तोकेको जरिवाना रकम डिजिटल पेमेन्ट वालेट मार्फत दिनको अन्त्यसम्म तत्काल तिर्न सकिने ट्राफिक प्रहरीले जनाएको छ ।

पहिलो चरणमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा डिजिटल चिट प्रणाली लागू हुने भएको छ । डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै यन्त्र उपलब्ध गराइएको छ ।

‘इचलान डिजिटल’ एपमार्फत ट्राफिक प्रहरीले सडक नियम उल्लङ्घन गर्ने चालकको मोबाइलमा देखाइएको क्यूआर कोड स्क्यान गरी कारबाहीको विवरण प्रविष्ट गर्नेछ । त्यसपछि ट्राफिक नियम उल्लङ्घन गर्ने स्तम्भ, कसुर र जरिवाना रकम नागरिकलाई बुझाउने र जरिवाना तिर्ने साधनको विवरणसहितको ‘डिजिटल चिट’ देखाउने व्यवस्था मिलाइएको छ । यससँगै चालकले ‘डिजिटल वालेट’ मार्फत जरिवानाको रकम तत्काल तिर्न सक्नेछन् ।